काठमाडौं । यतिबेला कर्मचारीतन्त्र एउटा मात्र चर्चित नाम छ । उनी नत कसैसँग डराउँछन्, नत उनी कानून विपरित कार्य गर्छन् । यस्तो कार्य गर्नेलाई पनि उनी कुनै हालतमा छाड्दैनन् । कर्मचारीतन्त्र देखिएको विकृत विसंगतीका विरुद्ध उनी एकमात्र योद्धा हुन भन्दा फरक नपर्ला । त्यसैले त कामचोर, भ्रष्ट, घुसखोरी, दलाल आदी उनको नम सुन्ने विक्तिकै थुरुरु काप्न थाल्छन् ।
उनी हुन्, सह-सचिव प्रेम प्रसाद सञ्जेल । विराटनगर श्रम कार्यालयमा कार्यरत उनलाई ७० दिनमै सरुवा गरिएको थियो । त्यसपछि उनी चर्चामा आए । सर्वोच्चको आदेशपछि उनी पुनः विराटनगर श्रम कार्यालयमै हाजिर भएका छन् । उनले नेपालको कर्मचारीतन्त्र एकदमै छाडा भएको, भ्रष्टाचार मौलाएको वेथितीले प्रसय पाएको देखिरहेका छन् । यस्ता समस्या समाधान गर्न प्रधानमन्त्री नै निकै गम्भीर हुनुपर्ने उनको तर्क छ ।
उनले प्रधानमन्त्रीलाई यसरी सुझाव दिएका छन्, प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई समात्ने हो । मुख्य सचिवले ५०÷६० जना सचिवलाई समात्ने हो । सचिवले ५ सय सह सचिवलाई समात्ने हो । सहसचिवले २४ सय उपसचिवलाई समात्ने हो । उपसचिवले ५ हजार शाखा अधिकृतलाई समात्ने हो । शाखा अधिकृतले २० हजार सुब्बालाई समात्ने हो । २० हजार सुब्बाले १० हजार खरदारलाई समात्ने हो । अनिकसले भ्रष्टाचार गर्छ ?































प्रतिक्रिया