आदिवासी जनजातिलाई प्रचण्डको आग्रह- ‘विद्रोहको भ्रम नपालौ’

आदिवासी जनजातिलाई प्रचण्डको आग्रह- ‘विद्रोहको भ्रम नपालौ’

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकमा फेरि विद्रोह, हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था नआउने बताएका छन्।

मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरूको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको स्पष्ट पारे ।

आदिवासी/जनजातिहरूको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दबाब दिने गरी बृहत् बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता औंल्याए।

अध्यक्ष दाहालले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई  दबाब दिन जरुरी रहेको पनि बताए ।

Skip This
Skip This
Logo