ओली महाधिवेशनमा नआएपछि माधवकाे कटाक्ष- ‘घाउ आलो नै छ’

ओली महाधिवेशनमा नआएपछि माधवकाे कटाक्ष- ‘घाउ आलो नै छ’

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तीन वर्षको घाउ अझै आलो भएकै कारण एमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको बताएका छन् ।

आइतबार आफ्नो पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी ओलीलाई दश पटक फोन गर्दा नलागेपछि पीएहरुलाई म्यासेज पठाउँदासम्म महाधिवेशनमा नआएको भन्दै तीन वर्षको घाउ आलो भएकै कारणले नआएको बताएका हुन् ।

उनले भने, ‘नेकपा एमाले किन आएन भन्ने लागेको होला, मैंले आफंैले दशौं पटक फोन गरेको छु । उहाँका पीएहरुलाई लगातार फोन गरेको छु । म्यासेज पनि पठाएको छु डिटेलमा । म्यासेज पाएको पनि सूचना पाएको छु । तर तीन वर्षको घाउ अझै पनि आलो छ । त्यसैको असर बाँकी होला । राजनीतिमा यस्तो कुरा पचाएर जान सक्नुपर्छ । नआउँदाको गुनासो धेरै कुरा नगरौं । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन । यात्रामा यस्तो भइरन्छ ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो संसद विघटन गरेर ठिक गर्नुभयो भन्नेले भोलि फेरि विघटन गर्दिन सक्ने कुरालाई ख्याल गर्न आग्रह गरे । उनले भने,‘प्रधानमन्त्रीज्यू अहिले पनि सुन्दैछु, संसद विघटन गरेर ठिक गर्यौँ भन्दैछन् । हिजो विघटन गरेर ठिक गर्यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस् ।’

Skip This
Skip This
Logo