मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

केन्द्रबिन्दु
24
Shares

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन् । उनले ६७ मत पाएका छन् । विपक्षमा ३४ मत खसेको थियोे ।

प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए ।

मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गरे भने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।

Skip This
Skip This
Logo