स्रष्टाहरु राष्ट्रका अमूल्य निधि हुन्, सम्मानलाई निरन्तरता दिन्छौंः मन्त्री तामाङ

स्रष्टाहरु राष्ट्रका अमूल्य निधि हुन्, सम्मानलाई निरन्तरता दिन्छौंः मन्त्री तामाङ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले समाजको सुधारमा महत्वपूर्ण योगदान पुर्याएका स्रष्टालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले समाजलाई सहि मार्गदर्शन दिने स्रष्टाहरु राष्ट्रका अमूल्य निधि भएको भन्दै उनीहरुलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताएका हुन् ।

उनले भने, ‘कला तथा संगीतको माध्यमबाट नेपाली समाजको सुधार र नेपाली साहित्य भण्डारको वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनु भएका स्रष्टालाई पुरस्कार वितरण गर्न पाउदा खुशी लागेको छ । स्रष्टाहरु राष्ट्रका अमूल्य नीति हुन् । उहाँहरुको सम्मान गर्नु आजको परिवर्तित सन्दर्भमा रहेको राज्यको दायित्व पनि हो । समाजलाई आफ्नो सिर्जनशिल लेखमार्फत सही मार्गदर्शन स्रष्टाहरुबाट हुने कुरा सबैलाई थाहा नै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वर्षेनी स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ र आगामी वर्षहरुमा पनि पुरस्कार समर्पणका कार्यलाई निरन्तरता दिने नै छ ।’

यस्तै, विभिन्न विधामा पुरस्कार प्राप्त गरि सम्मानित भएका समाज सुधारकहरुलाई यस पुरस्कारले आफ्नो क्षेत्रमा थप काम गर्न हौसला र उत्साह प्रदान गर्ने विश्वास लिएको पनि उनको भनाई छ ।

यसवर्ष कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार, आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार वितरण गरिएको छ ।

Skip This
Skip This
Logo