विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने- ‘भ्रष्टाचारी कसैलाई छाड्दैनौं, ढुक्क हुनुस्’

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने- ‘भ्रष्टाचारी कसैलाई छाड्दैनौं, ढुक्क हुनुस्’

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी कसैलाई नछोडिने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई लक्षित गर्दै जुनसुकै भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याउने बताएका हुन् । उनले भने, ‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचारीलाई छोड्दैनौं । भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं ।’

साथै उनले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गरे । उनले भने,‘देशमा व्याप्त गहिरो निरासा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सवै स्पष्ट हुनु भए हुन्छ ।’

Logo