सरकारका प्रवक्ता भन्छन्, ‘विष्णु पौडेल जग्गा दलालबाट ठगिए’ (भिडियोमा)

सरकारका प्रवक्ता भन्छन्, ‘विष्णु पौडेल जग्गा दलालबाट ठगिए’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको प्रष्टयाएका हुन् ।

प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहेका उनले सो जग्गा किनबेच नभएको स्पष्ट पारेका हुन् ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिले दिएको सुझावको आधारमा प्रधानमन्त्री निवास नजिकैको ललिता निवासको जग्गाको बिक्री वितरणमा पनि रोक लगाइएको बताए । नेकपाका महासचिव पौडेलले सो जग्गा किनबेचमा फर्जी नगरेको बरु आफै ठगिएको बताए ।

Skip This
Skip This
Logo