विद्युत प्राधिकरण बिल तिर्नुको सट्टा रमिता हेरेर बसेको छः सांसद झा

विद्युत प्राधिकरण बिल तिर्नुको सट्टा रमिता हेरेर बसेको छः सांसद झा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य मनिष झाले टिओडीमा ठुला दलका मान्छेहरुको समस्या बल्झिएको बताएका छन् ।

उनले लेखा समितिको बैठकमा बोल्दै विद्युत पद्धतिमा दुईवटा ठुला दलले बहस गर्न नहुने बताएका हुन् । उनले भने, ‘नौ वर्ष पुरानो विवाद स्पष्ट हुन सकेको छैन, तर यसमा विद्युत पद्धति सबैले मान्दिने हो भने ठुला दलका कसैले सदनमा बहस गर्न नहुने हो, हाम्रो अन्यौलतामा रमाउने बानी रहेको छ । टिओडी कुन कम्पनीलाई कहिले रिलिज गरिएको हो भन्ने सूचना नै छ ।’

साथै उनले विद्युत प्राधिकरणले यो मितीमा हाम्रो टिओडी सिस्टम थिएन भनेर भन्न नहुने जिकिर गरे । प्राधिकरणले बिल तिर्नुको सट्टा रमिता हेरेर बसेको उनले बताए ।

Skip This
Skip This
Logo