सिमलताल बस दुर्घटनामा चिनियाँ राजदूतले मजाक गरेकाे भन्दै स्पष्टीकरण सोध्न संसदमा माग

सिमलताल बस दुर्घटनामा चिनियाँ राजदूतले मजाक गरेकाे भन्दै स्पष्टीकरण सोध्न संसदमा माग

केन्द्रबिन्दु
51
Shares

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्सँग तत्काल स्पष्टीकरण सोध्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबारकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सिमलताल बस दुर्घटनामा कुटनीतिक मर्यादाविपरित र आचारसंहिताविपरित अभिव्यक्ति दिएकाे भन्दै चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्न पररराष्ट्र मन्त्रालयसँग माग गरेका हुन् ।

‘गत असार २८ गते २ वटा बस त्रिशुली नदीमा बेपत्ता भएका छन् । हाम्रो ठूलो धनजनको क्षति भएको छ । आजसम्म हामीले ४० भन्दा बढि यात्रा भेटेका छैनौं । तर, यो समयमा छिमेकी मित्रराष्ट्रका एक जना महामहिम राजदूतले गम्भीर कुटनीतिक मर्यादाविपरित र आचारसंहिताविपरित अभिव्यक्ति दिन थाल्नुभएको छ ।’ उनले भने, ‘बस र यात्रु खोजी कार्यमा संलग्न रहेको टोलीलाई गुड लक अल द सर्च टिम भनेर ट्विटरमा लेख्ने गरिएको छ, बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौं र मानवीय संवेदनाको बारेमा बोलौं । अप्ठ्यारो परेका बेलामा हामीलाई हाँसीमजाकमा नउडाऔं भनेर म भन्न चाहन्छु । यसमा पररराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई स्पष्टीकरण लिओस भन्न चाहन्छु ।’

Logo