काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शान्ति प्रक्रिया विश्वको अनुकरणीय र उच्च स्तरको प्रक्रिया भएको बताएका छन् ।
बुधबार संसद बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा सांसद भण्डारीले शान्ति प्रक्रिया सबैभन्दा पहिला नेपालमै भएकोले गर्व गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेपालको शान्ति प्रक्रिया र त्यस समयमा हाम्रा नेताहरुले गरेको सुझबुझपूर्ण यो दुईवटा कुरा छ, यो विश्वको अनुकरणिय र अत्यन्त उच्च स्तरको हो, यो कुरा हामीले पहिला बुझ्नुपर्छ, कुनै पनि देशमा यत्रो हिंसा भएर १७ हजार भन्दा बढि मान्छेहरु मारिएर विस्थापित भएर, अंगभंग भएर यती राम्रो सेटल भएको छैन, यो पहिला नेपालमै भएको छ यसमा हामीले गर्व गर्नुपर्छ ।’
साथै, उनले सशस्त्र द्वन्द्वमा जुन पार्टीका मान्छे मारिए पनि ति पार्टीहरुले अर्को पार्टीसँग सम्झौता गरेर सँगै सरकारमा जाने र आफ्ना मनमुटावहरु अन्त्य भएको यती छिटो विश्वमा नेपाल नै पहिले भएको बताए ।
प्रतिक्रिया