‘कार्यकारी प्रमुखदेखि प्रधानमन्त्रीसम्म इमान्दार नभए सुशासन आउँदैन’

‘कार्यकारी प्रमुखदेखि प्रधानमन्त्रीसम्म इमान्दार नभए सुशासन आउँदैन’

केन्द्रबिन्दु
434
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशको कार्यकारी प्रमुखदेखि प्रधानमन्त्री, मन्त्रीहरुले इमान्दारकासाथ काम गरे सुशासनको प्रत्याभूमि हरेक ठाउँमा दिन सकिने धारणा राखेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सुशासनको क्षेत्रमा देखिएका चुनौतीहरु विषयक कार्यक्रममा उनले, बद्मासी गर्ने व्यक्ति सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्ने प्रवृत्तिले काम गर्ने वातावरण सृजना हुन अप्ठ्यारो भएको बताए ।

उनले भने,‘जसले बद्मासी गर्छ त्यो सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्दो रहेछ । काम गर्ने वातावरण सृजना हुन अप्ठ्यारो रहेछ । देशको कार्यकारी प्रमुख, भ्रष्टाचार निवारण आयोगका प्रमुख आयुक्त, प्रधानमन्त्री, महालेखा परीक्षक त्यतिमात्रै नभइ सम्बन्धित मन्त्रीहरु इमान्दारिकासाथ काम गर्छु भनेर लाग्ने हो भने आधा समस्या त्यसै हल हुन्छ । सुशासनको प्रत्याभूमि हरेक ठाउँमा दिन सक्छौं ।’

उनले १८ घण्टा अन्धकारमा बसेका बेला २४ घण्टा लाइन उद्योग धन्दालाई दिने, व्यापारीहरुलाई दिने र त्यो वापतको पैसा दिनुहोस् भन्दा हुँदैन् भन्ने कसैको आँट गर्न नसक्ने बताए । प्रयोग गरेको सबै पैसा सरकारलाई बुझाउँनैपर्ने भन्दै उनले सानो रकम नतिर्नेको लाइन तुरुन्तै काटिने र लाखौं करोडौं हुँदै अर्ब पुगेपछि चाँही जोडिने पद्धतिको विकास भयो भने त्यसले सुशासनको अनुभूति नदिने टिप्पणी गरे ।

Logo