शशांक कोइरालाको आह्वान, ‘धर्मबारे जनमत संग्रह गर्न दबाव दिऔं’

शशांक कोइरालाको आह्वान, ‘धर्मबारे जनमत संग्रह गर्न दबाव दिऔं’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मबारे जनमत संग्रह गर्न चौतर्फी दबाव दिनुपर्ने बताएका छन् । सरकारले धर्मबारे जनमत संग्रह गर्न नसकिने प्रष्ट पारिरहेका बेला महामन्त्री कोईरालाले यस्तो धारणा राखेका हुन् । उनी विगत लामो समयदेखि हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका छन् ।

टोखास्थित आफ्नै निवासमा बुधबार होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले जनमत संग्रह गर्नुपर्ने बताएका हुन् । धार्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने दुई विकल्प रहेको भन्दै उनले भने, ‘कांग्रेसको चार तारे झण्डाको एउटा तार धर्म स्वतन्त्रताका लागि हो । धर्म न स्वतन्त्र हुन्छ न सापेक्ष हुन्छ ।’

आफूलाई तीन पटक जिताएर पठाएका धेरै जनता हिन्दु धर्मावलम्बी रहेको भन्दै उनले भने धार्मिक स्वतन्त्रता नभन्ने हो भने जनमत संग्रह गर्नुपर्ने बताए । धर्म निरपेक्षिता लेखिँदा कोही नबालेको भन्दै उनले जनमत संग्रहका लागि सबैले सरकारलाई दबाव दिनुपर्ने धारणा राखेका हुन् ।

Logo