ओली ‘अनफलो’ अभियान चलाउँदै बालेनका समर्थक [भिडियाेसहित]

ओली ‘अनफलो’ अभियान चलाउँदै बालेनका समर्थक [भिडियाेसहित]

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । बालेन र ओलीको जुंगाको लडाईंको असर अहिले सामाजिक सञ्जाल फेसबुकमा स्पष्ट देखिएको हो । सोही कारण बालेनका समर्थकहरुले सोमबार बेलुकीबाट सुरु भएको ओली अनफलो अभियानको प्रभावस्वरुप केही घण्टामै प्रधानमन्त्री ओलीलाई ७४ हजार भन्दा बढीले अनफलो गरिसकेका छन्। जुन गति निरन्तर बढ्ने क्रममै छ ।

मंगलबार बेलुकी ७ बजेसम्म प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए । तर अहिले यो रिपोर्ट बनाउँदासम्म ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९२ हजारमा झरिसकेको छ । अर्थात प्रधानमन्त्री ओलीले कही घण्टामै ७४ हजारभन्दा बढी फ्लोअर गुमाइसकेका छन् । ओलीको क्रेज सामाजिक सञ्जालबाट यसरी गिरिरहेको छ कि मानौं उनी देशको प्रधानमन्त्री नभएर सोसल मिडियाका इन्फ्लुएसर हुन् । जुन कुनै ठुलै युट्युवरबाट रोष्ट भएर सामाजिक सञ्जालबाट आफ्नो अलि अलि बचे खुचेको लाज पनि जोगाउन सकिरहेका छैनन् ।

मंगलबार मेयर बालेनको एउटा स्टाटस एमाले कार्यकर्ताहरुले रिपोर्ट गरेका कारण फेसबुकले हटाइदिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अनियान नै चलाएका थिए । आफ्नो पोष्ट सामाजिक सञ्जालबाट हटेपछि बालेनले ‘पोष्ट हटाउने होइन, दोषीलाई कारवाही गर्नुपर्यो’ भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियान नै चलाएका हुन्।

मेयर बालेनले तीन दिनअघि नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारे फेसबुकमा स्टाटस लेखेका थिए। सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएर कुटपिट तथा शारीरिक शोषण गरेको आरोप लगाउँदै बालेनले शर्मालाई किन पक्राउ नगरेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए। तर सो पोष्ट केही समयपछि नै पेजबाट हटेको थियो । सोही घटनाको प्रतिक्रिया स्वरुप मेयर बालनेले ओलीलाई खुल्ला चुनौती दिँदै आफू गलत भए आफूलाई समात्नु हैन भने दोषीलाई समात्नु भन्दै अर्को पोष्ट हालेका छन् । अहिले उनका समर्थक प्रधानमन्त्री ओलीमाथि खनिएका हुन् ।

Logo