प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालन मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, “एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो, पुनर्गठन हुँदैन।”
कुराकानीकै क्रममा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन्। ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन,’ ओलीले भने । प्रधानमन्त्रीले विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह गरे। “नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन ।
नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,” प्रधानमन्त्री ओलीले भने। बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने व्यक्तिलाई त्यसो नगर भनेको उनले बताए । “बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? ।” उनले भने
प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए। उनको प्रश्न थियो, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? ’































प्रतिक्रिया