काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले संसद बैठकबाटै माफी मागेकी छन् । आफूले प्रयोग गरेको एक उखानका कारण विवादमा तानिएपछि उनले संसद बैठकबाटै माफी मागेकी हुन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रयोग गरेको उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएका थिए । बुधबारको राष्ट्रियसभा बैठकमा सांसद ओलीले आफूले प्रयोग गरेको उखानको शब्दले कसैमाथि चोट पुगेको भए क्षमा याचना गर्ने बताएकी हुन् ।
‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ उनले भनेकी छन् ।





























प्रतिक्रिया