रुस भ्रमणमा निस्किइन् उपसभामुख राना

रुस भ्रमणमा निस्किइन् उपसभामुख राना

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ गतेदेखि आयोजना हुने कार्यक्रममा भाग लिन प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि रसिया प्रस्थान गरेकी छन् । उनी फ्लाई दुबईको उडानबाट रसियाको भ्रमणमा गएकी हुन् ।

उपसभामुख रानाले रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०)सम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने र उक्त फोरमलाई सम्बोधन गर्ने बताइएको छ । असोज ५ गते उनी स्वदेश फर्कने कार्यक्रम छ ।

Skip This
Skip This
Logo