रवि लक्षित गोकुल बास्कोटाको व्यङ्ग्यः चितवनमा फेरि आउने भयो जान्नेलाई छान्ने चान्स

रवि लक्षित गोकुल बास्कोटाको व्यङ्ग्यः चितवनमा फेरि आउने भयो जान्नेलाई छान्ने चान्स

केन्द्रबिन्दु
177
Shares

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै व्यंग्य गरेका छन् । उनले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै चितवनबासीले जान्नेलाई छान्ने त्यो चान्स पाउने बताएका हुन् ।

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनले रास्वपा सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरे पछि बास्कोटाले यस्तो बताएका हुन् ।

चितवन क्षेत्र नम्बर २ बाट दुईपटक निर्वाचित सांसद हुन् लामिछाने । बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने । कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई ।’

Skip This
Skip This
Logo