गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेश गठबन्धसंग सरकारले आत्मसमर्पण नगरेको बताएका छन्।
आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकार र सीके राउत समूहबीच भएको सहमतिका बारेमा प्रश्न उठाएपछि सरकारको तर्फबाट गृहमन्त्री थापाले संसदमा जानकारी गराएका थिए । उनले सहमति देशको लागि ठूलो उपलव्धि भएको बताएका छन्।
यो सम्झौताले देशको शान्ति सुरक्षालाई सुदृढ बनाउने गृहमन्त्री थापाको भनाइ थियो । उनले राष्ट्र विखण्डनको माग उठिरहेको शक्ति वा समूहसँग राजनीतिक सहमति गर्दा सबैले खुसी मनाउनु पर्ने र उत्साहित हुनुपर्ने गृहमन्त्री थापाले बताए । ‘खुसी मनाउनुपर्ने उत्साहीत हुनुपर्ने बेलामा कुरा उठ्नु आश्चर्यको कुरा हो’ थापाले संसदमा भने ।
सरकार र गठवन्धसँगको सहमति कुनै पक्षको आत्मसमर्पण नभइ स्वाधिनताको रक्षाका लागि भएको गृहमन्त्री थापाले बताए । ‘जनअभिमत भन्ने शव्दलाई जनमतसंग्रहको रुपमा व्याख्या गर्न खोजिएको छ ।’





























प्रतिक्रिया