काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको साझा संकल्पमा इमान्दारिताका साथ लागेका मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सातै जनाको परिवारको अवस्थाबारे अध्ययन भईरहेको उल्लेख गर्दै छिट्टै आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताए ।
बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार प्रयास गरेकाहरुकाे निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै उनीहरुले अघि बढाएको राष्ट्र निर्माणको बाँकि कामलाई बाँचेकाहरुले पूरा गर्नुपर्ने स्पष्ट पारे ।































प्रतिक्रिया