कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत

कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत

केन्द्रबिन्दु
222
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेकाे शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गरेका छन् ।

मनोनयन भएका सदस्यमा प्रा डा कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ), पुजा पासवान (महोत्तरी), हरिसिंह केसी (धादिङ), त्रिबिक्रम पाण्डे (काठमाडौँ), राजन श्रेष्ठ (काठमाडौँ), किरण भट्ट (गोरखा), लालमणि भण्डारी (दाङ), खेमराज केसी (दैलेख) र तारामान रावल (कैलाली) रहेकाे पार्टीका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo