काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।
समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गरिने तथा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिने छ ।
साथै, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गरिने विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
प्रतिक्रिया