काठमाडौं । फाुगन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । दुर्घटनामा परि हेलिकोप्टरमा सवार मन्त्री अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।
उनीहरु सबैको आ आफ्नो परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । मन्त्री अधिकारीको गृहजिल्ला पोखरामा काजकिरिया भईरहेको छ । उनका साना साना २ छोरा छन् । श्रीमती विद्या भट्टराई प्राध्यापन पेशामा छिन् ।
यतिबेला अधिकारी परिवार शोकमा छ । सत्तारुढ दल नेकपा युवा नेता अधिकारी निकै लोकप्रिय थिए । उनी पोखरेली जनताको मनमनमा बस्न सफल नेताको रुपमा परिचित थिए ।
२०२६ सालमा जन्मिएका अधिकारी सानै उमेरदेखि राजनीतिक गतिविधिमा बढी रुची राख्दैं आएका थिए । उनी विद्यालयमा अनेरास्ववियु, रेडक्रस, र अन्य क्लबहरुमा संलग्न थिए । उनी नेपालको राजनीतिमा रवीन्द्र दाईको उपमानले पनि चिनिन्छन् । थप तलको भिडियोमाः





























प्रतिक्रिया