भाग्यले बाँचेका सांसद बिजय सुब्बा… (भिडियोमा)

भाग्यले बाँचेका सांसद बिजय सुब्बा… (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ताप्लेजुङको फुङलिङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सांसद बिजय सुब्बा पनि सोही हेलिकप्टरमा जाने तयारीमा थिए । तर, हेलिकप्टरमा सिट खाली नभएपछि उनी जान पाएनन् । संयोगले नयाँ जीवन पाए । सांसद सुब्बालाई मन्त्री अधिकारीले ताप्लेजुङ जानुपर्छ म फोन गर्छु भनेका थिए ।

उनी मन्त्री अधिकारीको फोनको प्रतिक्षामा थिए । फोन आउला र सँगै जाउँला भन्ने तयारीमा रहेका सांसद सुब्बाको मोबाइलमा साढे ११ बज्दासम्म पनि घण्टी बजेन् । सिंहदरबारमा बिहान राज्य व्यवस्था समितिको बैठक बसिरहेको थियो। नागरिकता विधेयकमा छलफल चलिरहेकै थियो।

सांसद सुब्बालाई मन्त्री अधिकारीले तेह्रथुमको चुहान डाँडामा प्रस्तावित विमानस्थलको अवलोकनको लागि सँगै जान फोन गर्ने बताएका थिए । फोन कुरिरहेका सुब्बालाई एकाएक गृह सचिव प्रेमकुमार राईले एउटा अप्रत्यासित खबर सुनाए। त्यो खबर सुनेपछि सुब्बाको होसहवासै उड्यो । उनी एकछिन केही बोल्न सकेनन् ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित अन्य ६ जना चढेको एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टरबाट पाथीभरा नजिकै दुर्घटना भयो। खबर थाहा पाउँदा सबै छाँगाबाट खसे झै भए। ‘मेरो त होस हवास नै उड्यो। अझै पनि डर लागिरहेको छ। संयोगले बाँचे’ उनले भने।

Logo