मन्त्री अधिकारीसहित २ जनाको शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने

मन्त्री अधिकारीसहित २ जनाको शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परि निधन भएका अधिकांशको शव पहिचान गर्न कठिनाई भएको छ । फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको हो ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको बाहेक अरुका शव पहिचान गर्न कठिनाई भएको हो । मन्त्री अधिकारी र पीएसओ घिमिरेको शव पहिचान भईरहेको छ । बाँकीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पहिचान गर्न कठिनाई भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको छ । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको हो ।

पहिचान गर्न कठिन भएका शवहरुको डीएनए परीक्षण पनि गर्नुपर्ने अवस्था आउन सक्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएका छन् । अहिले उनीहरु सबै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

त्यहाँ ज्यान गुमाउने व्यक्तिहरुको परिवारका सदस्य पनि उपस्थित भएका छन् । यदी परिवारको सदस्यले पनि शवको पहिचान गर्न नसकेको अवस्थामा शवको पहिचानका डीएनए परीक्षण गरिनो भएको हो । पहिचान हुन नसकेकाहरुको डीएनए परीक्षण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिनेछ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शरीर पूर्ण रुपमा जलेका कारण मन्त्री अधिकारी र पीएसओ घिमिरेको बाहेक अन्यको पहिचान हुन नसकेको बताउँछन् । परिवारबाट पनि सनाखत नभएको अवस्थामा डीएनए परीक्षण गरिने उनको भनाई छ ।

Skip This
Skip This
Logo