काठमाडौं । अनेरास्ववियू की अध्यक्ष नविना लामा स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई आफ्नो अभिभावक मान्दै आएकी थिईन् । नविनाले मन्त्री अधिकारीलाई पहिलो पटक २०५४ सालमा कांभ्रेसको पाँचखाल तिनपिप्लेमा आयोजित अखिलको जिल्ला भेलाको क्रममा भेट भएको थियो ।
त्यो बेलादेखि उनी मन्त्री अधिकारीलाई आफ्नो अभिभावक मान्दै आएकी हुन् । ताप्लेजुङमा बुधबार पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटनामा परेको खबर सुन्नेविक्तिकै नविलालाई विश्वासै लागेन् । उनी अत्तालिएर विभिन्न ठाउँमा सम्पर्क गर्न थालिन् ।
एकैछिनमा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भन्ने खबर आयो । त्यसपछि उनको हातखुट्टाले काम गर्न छोड्यो । मन स्थिर हुन सकेन् । त्यतिबेलासम्म पनि उनी यो घटना सत्य नहोस् भन्ने कामना गरिरहेकी थिईन् । तर उनी सदाको लागि विदा भएर गए ।
नविनाकै शब्दमा मन्त्री अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ
प्रियद्वय रविन्द्र दाइ तथा आङछिरिङ दाइ ।
पत्याउने गार्हो भयो, सपना जस्तै भएको छ हामीलाई ! उहाँहरु दुबै जना मेरो जीवनका प्रिय दाइहरु हुनुहुन्थ्यो । रविन्द्र दाइलाई २०५४ साल फागुण ४/५ गते क़ाभ्रेको पाचखाल तिनपिप्लेस्थित अखिलको जिल्ला भेलामा पहिलो भेट भएको थियो ।
मैले विद्यार्थी राजनीति सुरु गर्दादेखि चिनेको एउटा असल अबिभाबक रनेता फेला परेको थियो त्यसैको कारणले आज म जहाँ छू उहाँको असीमित भूमीका, सहयोग, योगदान, माया, प्रेरणाले र गाली सबै रहयो।
रविन्द्र दाइ पोखरास्थित पीएन क्याम्पसको सभापति, टियू सभापति स्ववियु काउन्सिलको संयोजक अखिलको कोषाध्यक्ष, महासचिव हुँदै अध्यक्ष हुँदा म केन्द्रीय सदस्य थिए । त्यतिबेलादेखिको सम्बन्ध उहाँ यहाँ (सफलताको शिखरमा मन्त्रिसम्म आईपुगदा) साथै आज म अखिल अध्यक्ष उहाँ पार्टीको तर्फ़बाट अखिलको इंचार्ज एकनासको सम्बन्ध कायम रहयो ।
सम्बन्ध राजनीति मात्रा थिएन, विचार मात्रा थिएन, टीम मात्रा थिएन भावनात्मक थियो, रगतको नाताको भन्दा गाढा थियो । अहिले यतिबेला उहाँको परिवार विद्या दिदि, बुवा आमा छोरा लगायत अरुको छेउमा पुगेर सम्झाउने आट पनि ममा छैन । जस्ले जे भने पनि नि रविन्द्र दाइ युवाहरूको धरोहर थियो । यो नेकपा पार्टीको भावी राजनीतिज्ञ अध्यक्ष रुपमा पूर्ण भइसकेको थियो ।
मुलुकको एक जना भावी प्रधानमन्त्रीको रुपमा उहाँको छवि निर्माण हुँदै थियो । आङछिरिङ दाइ पर्यटन क्षेत्रको एक जना लोकप्रिय व्यक्तित्व । जीवनमा धेरैर धरै नै दुख र संघर्ष गर्दै यहाँसम्म आईपुग्नु भएको थियो, दुबै जना ।
दुबै जनाले मलाई बहिनी रुपमा गर्नुभएको व्यवहार सम्झन्छु । पार्टी र देशलाई ठूलो नोक्शन भयो ! सम्झेर मेरो मुटु मन छटपटेर आउँछ….। फेरि पनि पत्याउनै मुस्किल । रविन्द्र दाइसँग गरेको मेरो यात्रा जीवनभरीलाई नबिर्सिंने भयो….। उहाँको स्पीडमा काम ग़र्ने त मेरो क्षमता छैन तर म गर्व गर्छु तपाईले जन्माएको, हुर्काएको एउटा कार्यकता भएकोमा ।
मलाई यो पनि थाहाँ छ कि दाईको थूप्रै सपनाहरू थिए त्यो अधूरा रहयो दाई तर केही हजूरले देखाएको बाटोंहरू रसापनाहरू पूरा ग़र्नेछौ । अब त प्रिय दाइहरुको सम्झनामात्र बाँकी छ । दाइहरुप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकमा पर्नुभएका विद्या दिदी भाईहरू बिराज, सरोज दुवै परिवार प्रति हार्दिक समवेदना ।































प्रतिक्रिया