बाजुरा पुगेर राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन एवं पूजाअर्चना

बाजुरा पुगेर राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन एवं पूजाअर्चना

केन्द्रबिन्दु
18
Shares

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले धर्मपत्नी सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नं ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन् ।

प्रसिद्ध धार्मिकस्थल एवं शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि भक्तजन आउने गर्दछन् । राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन अपराह्न सुर्खेत पुग्ने छन् ।

Skip This
Skip This
Logo