सरकारले सोसल मिडियामा कडाई गर्दा भारतमा चर्चा र वहस

सरकारले सोसल मिडियामा कडाई गर्दा भारतमा चर्चा र वहस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सामाजिक सञ्जालमा कडाई गर्ने गरी सरकारको नीति अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा कडाई गर्ने गरी बनेको विधेयक संसदमा दर्ता भएको छ ।

विधेयकमा सामाजिक सञ्जाल प्रयोग गर्न दर्ता गर्नुपर्ने भन्ने उल्लेख गरिएको छ । उक्त विषयले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा तथा चाँसोको विषय बनेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा विधेयक दर्ता गराएको विधेयकले नेपालमात्र नभएर भारतमा समेत चर्चा पाएको छ ।

भारतीय अनलाईन पत्रिका टाईम्स अफ ईण्डियाले उक्त विषयलाई स्थान दिएको छ । उसले सोसल मिडियाहरुमा नेपाली कांग्रेसको विरोध, पशुपति शर्माको गीतमाथि लागेको प्रतिबन्ध लगायतका विषय उल्लेख गरेको छ ।

त्यस्तै उक्त विधेयकमा समावेश गरिएका महत्वपूर्ण विषयलाई पनि प्राथमिकता दिएको छ । उक्त विधेयकमा ५ वर्षको जेल सजायदेखि १५ लाख रुपैयाँ जरिवानासँगको सजाय व्यवस्था गरिएको छ

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सरकारविरुद्ध केही समाचार र गलत सामाग्री प्रकाशित भएको भन्दैमा सरकारले सोसल मिडियालाई कडाई गर्न नहुने तर्क अघि सारेका छन् ।

Skip This
Skip This
Logo