कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य थप

कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य थप

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा दश सदस्यलाई आज मनोनयन गरेका हुन‍् ।

मनोनितहरूमा रवि सिंह (काठमाडौँ), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर बुढाथोकी (उदयपुर), हीरा भगत (धनुषा), रमेश शर्मा (काठमाडौँ), खिमप्रकाश मल्ल (स्याङ्जा), टेकबहादुर खड्का (बाँके), यमबहादुर बिसी (सुर्खेत) र प्रकाशबहादुर सेठ्ठी (कैलाली)लाई रहेकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Logo