काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले जलवायुको मुद्दामा नेपालले नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै जलवायुमा सबैभन्दा बढी असर पर्ने, क्षति हुने भूगोल भएकोले पनि नेतृत्वदायी भूमिका खेलेको बताएका हुन् ।
शनिवार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा आयोजना गरेको कोप—२९ सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तन सम्बन्धी छुट्टै मन्त्रालय नभएर जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने नभई मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको उल्लेख गरे।
उनले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भुगोल भएको बताए। जलवायु वित्त, जलवायुन्यायका विषयमा अहिले नेपालले खरो रुपमा आवाज उठाइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।































प्रतिक्रिया