एआई सम्मेलनले नेपाललाई सुहाउँदो प्रविधिको विकासमा मद्दत पुर्‍याउँछः अध्यक्ष थेबे

एआई सम्मेलनले नेपाललाई सुहाउँदो प्रविधिको विकासमा मद्दत पुर्‍याउँछः अध्यक्ष थेबे

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेनिकट भातृसंस्था राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले एआई सम्मेलनले नेपाललाई सुहाउँदो प्रविधिको विकासमा मद्दत पुर्याउने अपेक्षा लिएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) सम्मेलन–२०२४ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘एआई तपाईं हामीले सोचेको भन्दा छिटो र नसोचेको अकल्पनीय तरिकाले विकास भइरहेको छ, विज्ञान प्रविधिको विषय विश्व तताइ रहेको बेला एआई सम्मेलनले नेपाली युवा उद्यमी बन्न पनि थप प्रेरित गर्नेछ,’ उनले भने ।

एआई परिवर्तनकारी शक्तिको रूपमा उभिएको पनि थेबेले बताए ।

अब एआईलाई नेपालको स्वास्थ्य सेवा, खोज र कृषिमा उत्पादनसँगै काम सहजीकरण कसरी प्रयोग गर्न सकिन्छ भनेर पनि लाग्नुपर्ने अध्यक्ष थेबेले बताए ।

‘व्यवहारिक अनुप्रयोगहरू भन्दा बाहिर एआईले मानव रचनात्मकता र समस्या समाधानको सीमाहरू धकेलिरहेको छ, यसले उन्नत रोबोटिक्स, प्राकृतिक भाषा प्रशोधन, र कम्प्युटर दृष्टिको विकासलाई सक्षम बनाउने भएकाले यसलाई सिक्न नेपाली युवाले पनि आवश्यक छ,’ उनले भने ।

एआईको जिम्मेवार विकास र परियोजना महत्त्वपूर्ण भएकाले नेपालमा यसको उपयोगिताको विषयलाई लिएर गहन छलफल गर्नुपर्ने अध्यक्ष थेबेको भनाई । एआईलाई नकार्न नसकिने बताउँदै उनले नेपालीको काममा एआई आएको प्रविधिको प्रयोग गर्न सक्ने बताए ।

Skip This
Skip This
Logo