काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जा तथा प्रवर्द्धन सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौमा आयोजित वैकल्पिक ऊर्जा तथा प्रवर्द्धन केन्द्रको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित हुन जरुरी रहेको बताए ।
उनले वैकल्पिक ऊर्जासम्बन्धि ऐन चाँडै पास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘अहिले जे समय परिवर्तन भएको छ । पहिलेको समयबाट वा परिस्थितिबाट माथि उठिसकेका छौँ र समय सापेक्षित नीति, नियम र ऐन कानूनको व्यवस्था गर्नुपर्ने छ । यसमा मन्त्रालय निरन्तर लागेको कुरा यहाँहरुलाई जानकारी नै छ । अब चाँडै नै यो ऐन पास हुने कुरा जानकारी गराउन चाहन्छु । मुलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ । त्यसैले हामी समयसापेक्षित हुन जरुरी छ ।’
उनले अहिले सबै निकायहरुलाई सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौं भन्ने अनुभूति भएको भन्दै सबै निकायहरु सरकार कै अंगहरु भएको बताए । मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर नै दिने भन्दै सबै नेपालीहरुको दायीत्व सरकारले लिन सक्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले सबै निकायहरु सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौँ कि अनुभूति भएको रहेछ । त्यस्तो होइन, हामीलाई दातृराष्ट्रहरुले, मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर दिएको हो । सबै नेपालीहरुको दायित्व सरकारले लि सक्नुपर्छ र लिन्छ पनि । सबै निकायहरु सरकारका अंगहरु हुन् ।’
उनले वैकल्पिक ऊर्जालाई देशको आम्दानीको मुख्य श्रोतमा सरकारले लिएको पनि बताए । मन्त्री खड्काले आगामि वर्षसम्ममा सबै घरमा विद्युत् वितरण गरिसक्ने सरकारको लक्ष्यलाई प्राधिकरणले मात्र गर्न नसक्ने अनुभूति रहेको भन्दै यसमा वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका रहने बताए ।































प्रतिक्रिया