युवाहरूले समाजका लागि ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्छः उपसभामुख राना

युवाहरूले समाजका लागि ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्छः उपसभामुख राना

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले युवाहरूले समाजमा वाच डगको भूमिका निर्वाह गर्न आग्रह गरेकी छिन् ।

उनले युवाहरुले उद्यमशील र आत्मनिर्भरको बाटो रोजेर स्वदेशमै अवसरहरु सिर्जना गर्न अनुरोध गरिन् ।

नेपाल युवा परिषद्ले मंगलबार काठमाडौँमा आयोजना गरेको अवार्ड वितरण एवम् अन्तरक्रियामा सम्बोधन गर्दै व्यावसायिक उद्यमीहरु भन्दा सामाजिक उद्यमीहरुको भूमिका बढी प्रभावकारी हुने भएकाले समाज परिवर्तनका लागि सामाजिक उद्यमको बाटोमा हिँड्न अनुरोध गरिन् । सामाजिक सेवामा आउनका लागि अन्तरआत्माबाट भावना पैदा हुनुपर्नेमा जोड दिइन् ।

‘समाजमा केही आदर्श र सिर्जशील युवाहरु पनि हुनुहुन्छ । सामाजिक उद्यमशील बनेर सयौं युवाहरुलाई समाज परिवर्तनको बाटोमा डोर्‍याउनुभएको छ । सामाजिक कार्यकर्ता बन्नका लागि सानो तर समाजमा प्रभाव राख्ने विषय छनोट गर्नुपर्छ । युवाले आफैँले आफैँलाई मूल्यांकन गरेर अघि बढ्न सक्नुपर्छ,’ उनले भनिन्,‘सामाजिक सेवाको बाटोमा आउँदा आत्म मूल्यांकन गर्न युवाहरुलाई आग्रह गर्दछु ।’

Logo