तयार रहनुहोस, कर्मचारी समायोजनपछि २० हजार नयाँ भर्ना खुल्छ

तयार रहनुहोस, कर्मचारी समायोजनपछि २० हजार नयाँ भर्ना खुल्छ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना हुने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिबार नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औं आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहमा मन्त्री पण्डितले समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना सुरु गरिने बताएका हुन् ।

पण्डितले भने, ‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौ । समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भना सुरु हुन्छ।’

मन्त्री पण्डितले प्रशासनमा भएको विसङ्गति र विकृति हटाउँदै मन्त्रालयका सबै काम प्रविधिबाट गर्ने तयारी भइरहेको छ । ‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु । सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेका छौं ।’ उनले भने ।

नवनियुक्त कर्मचारीलाई हसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न उनले आग्रह गरे । राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताए । मन्त्री पण्डितले कर्मचारीलाई अनुशासन र जिम्मेवारी बनाउने गरी नयाँ कानूनमा प्रस्ताव ल्याएको समेत जानकारी गराए । रासस

Skip This
Skip This
Logo