नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको एक बर्ष पूरा भएको छ । प्रधानमन्त्री ओलीलाई अत्याधिक जनमतको समर्थन मात्रै छैन मधेस केन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समेत गरी दुईतिहाइ बहुमतको साथ छ ।
यसअघि २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा बनेको दुईतिहाइ सरकारपछि शक्तिशाली सरकार बनेको यो दोस्रोपटक हो । तथापि जनताले प्रधानमन्त्री ओलीबाट निकै आशा र अपेक्षा राखेका छन् ।
आफ्नो ५ बर्ष कार्यकाल सफलताका साथ पूरा गर्ने बताउँदै आएका प्रधानमन्त्रीले वितेको एक बर्षमा भने सोचे जस्तो काम गर्न सकेनन् ।































प्रतिक्रिया