निषेधित क्षेत्र तोड्न खोजेपछि रवि लामिछानेका समर्थकमाथि अश्रुग्याँस प्रहार

निषेधित क्षेत्र तोड्न खोजेपछि रवि लामिछानेका समर्थकमाथि अश्रुग्याँस प्रहार

केन्द्रबिन्दु
87
Shares

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले आज पोखरामा प्रदर्शन गरिरहेका छन् । सो क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।

Logo