काठमाडौं । नेपाली कांग्रेसका नेता भीम पराजुली यस वर्ष पनि छठ पर्व मनाउन साढे तीन किलोमिटर टाढासम्म सडकमा घस्रिएका छन् ।
पराजुली छठको विशेष पूजासहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिन विराटनगर–३ स्थित आफ्नो घर नजिकैको शिव पाञ्चायन मन्दिरबाट घस्रिएर सिंघिया नदी पुगेका हुन् ।
उनी हरेक वर्ष यसरी नै सडकमा घस्रिएर छठी घाटसम्म पुग्ने गर्छन् । यो उनको २७औं पटक हो । उनीसँगै सडकमा घस्रिनेमा उनका भतिजा पनि छन् । पराजुली पानीधरि नपिई निराहार व्रत बसेर छठ पर्व मनाउने गर्दछन् । विराटनगरवासीको विकास, सुख र समृद्धिका लागि उनी यसरी व्रत बसेर छठी माताको पूजा गर्ने गरेकाे बताउँछन् ।

आफूले गरेका भाकल पूरा भएमा छठको दिन यसरी घस्रेर हिँड्ने पनि चलन छ। आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन्।





























प्रतिक्रिया