आज गृहजिल्ला डडेल्धुरा जाँदै कांग्रेस सभापति देउवा

आज गृहजिल्ला डडेल्धुरा जाँदै कांग्रेस सभापति देउवा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरा जाने भएका छन् ।

एकसातासम्म डडेल्धुरामै रहने सभापति देउवा सोमबार आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै, कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुनेछन् ।

सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा पुग्ने र मंसिर १ गते डडेल्धुराको प्रख्यात उग्रतारा मेलामा सहभागी हुने र मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्‌घाटन गर्ने कार्यक्रम तय भएको छ ।

देउवा बिहान १० बजे काठमाडौँबाट डडेल्धुराका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

Skip This
Skip This
Logo