काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम एमसीसीभन्दा गम्भीर प्रकृतिको विषय भएको बताएका छन् । प्रेस सेन्टर नेपालले आइतबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियाहरूमा आइसकेको भन्दै उनले सरकारले एसपीपी सम्झौता अगाडि बढाउन लागेको बताएका छन् ।
एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले सैद्धान्तिक सहमति जनाएर अगाडि बढाउन खोजेको उनको भनाइ छ । ‘एसपीपी अगाडि बढाउनु गम्भीर चिन्ताको विषय हो । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने काम गर्न लागेको छ’, प्रचण्डले भने ।
प्रचण्डले भने, ‘एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको विषय एसपीपी हो । यसलाई अहिलेका प्रधानमन्त्रीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियाहरूमा आइसकेको छ र अमेरिकी सरकारले त्यसलाई आधिकारिक रूपले भनी पनि सकेको छ । यो गम्भीर चिन्ताको विषय छ ।’





























प्रतिक्रिया