नगराइन नगरपालिकामा प्रमुख र उपप्रमुखबीच दुईबुँदे सहमति, दैनिक कामकाज सञ्चालनमा

नगराइन नगरपालिकामा प्रमुख र उपप्रमुखबीच दुईबुँदे सहमति, दैनिक कामकाज सञ्चालनमा

केन्द्रबिन्दु
9
Shares

जनकपुरधाम । विगत पाँच महिनादेखि विवादको कारण दैनिक रूपमा कामकाज बन्द हुने गरेको धनुषाको नगराइन नगरपालिका कार्यालय आजदेखि विनाअवरोध सञ्चालनमा आएको छ ।

सो पालिकाको सर्वपक्षीय बैठकमा प्रमुख विनयकुमार यादव तथा उपप्रमुख राधादेवी यादवबीच भएको दुईबुँदे सहमति भएपछि कार्यालयको दैनिक कामकाज सञ्चालनमा आएको हो ।

नगराइन नगरपालिका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारणले लामो समयदेखि सो नगरपालिकाको प्रशासन, लेखा, शिक्षा, कृषिलगायत विकासका अन्य काम ठप्प भएको थियो । त्यहाँ दैनिक जुलुश तथा नारावाजी हुने गरेको थियो ।

उक्त नगरपालिकामा उत्पन्न विवाद समाधान गर्न बुधबार सर्वदलीय बैठक बसैको थियो । उक्त बैठकमा दुई बुँदे सहमति भएपछि कार्यालय नियमित रूपमा सञ्चालनमा आएको उपप्रमुख यादवले जानकरी दिइन् ।

बैठकमा स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार नगरपालिका सञ्चालन गर्ने र आगामी मङ्सिर ५ गते बुधवार नगरसभा अनिवार्य रूपमा गर्नेगरी सहमति भएको थियो । बैठकमा नगरप्रमुख यादवले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ लागू गर्ने प्रतिबद्धता जनाएसँगै एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेको आन्दोलन समाप्त भएको उपप्रमुख यादवले बताइन् ।

Logo