काठमाडौँ । यही मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले दुईजना तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ ।
काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा हनि महर्जन र वडा नम्बर ४ को वडाध्यक्ष पदमा मौनी महर्जनलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको हो ।
जसपा नेपालले उनीहरूलाई उम्मेदवारीका लागि पार्टीको आधिकारिक पत्र प्रदान गरेको छ । कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन तेस्रो लिङ्गी हुन् भने मौनी महर्जन पनि सोही संस्थाका स्वयंसेवक हुन् । मौनी तेस्रो लिङ्गी मोडलका रूपमा परिचित छन् भने हनी स्थानीय टुरिस्ट गाइड हुन् ।





























प्रतिक्रिया