काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा सरकारी कार्यालयहरू र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको हो ।
ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।





























प्रतिक्रिया