उपनिर्वाचनमा नौ वटा संस्थालाई पर्यवेक्षणको अनुमति

उपनिर्वाचनमा नौ वटा संस्थालाई पर्यवेक्षणको अनुमति

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक ९ राष्ट्रिय संस्थाहरूलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।

तोकिएको अवधिभित्र निवेदन दिने ९ वटा संस्थाहरूलाई स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९७ बमोजिम स्थानीय तह उपनिर्वाचन, २०८१ को पर्यवेक्षण गर्न अनुमति दिने आयोगले निर्णय गरेकाे हाे । जसमा अनुमति प्राप्‍त संस्थाहरूबाट खटाइने स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९६ बमोजिम योग्यता पुगेका पर्यवेक्षकहरूको संख्या यकिन गरी सबै स्थानीय तहको पर्यवेक्षण हुने र एक मतदान केन्द्रमा एक संस्थाबाट बढीमा २ जनासम्म पर्यवेक्षक रहने गरी राष्ट्रिय पर्यवेक्षक परिचयपत्र उपलब्ध गराइने भएको छ।

त्यसैगरी काठमाडाैं उपत्यकामा भएका पर्यवेक्षकहरूलाई आयोगको सचिवालयले र जिल्लामा भएका पर्यवेक्षकहरूलाई सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयहरूले पर्यवेक्षण सम्बन्धी प्रशिक्षण दिने निर्णय भएको छ।

Logo