सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ ।

सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Logo