नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरै रह्योः विप्लव

नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरै रह्योः विप्लव

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा परिवर्तन भएपनि क्रान्ति अधुरो भएको बताएका छन् ।

शनिबार पार्टीको ११औं ऐतिहासिक पार्टी पुर्नगठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरुको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै क्रान्ति अधुरो भएको बताएका हुन् ।

उनले भने, ‘हामी लडेर आएका हौं । सबैलाई थहा छ । हामी कम्युनिष्टहरु, सच्चा लोकतन्त्रवादीहरु र देशभक्तहरु हौ । हामीसँग देशलाई माया गर्ने मान्छेहरु थिए, दिदीबहिनीको लागि बलिदान दिने, मजदुर किसान, जनजाती, विद्यार्थीहरुको पक्षमा लड्ने हामी नै हो । लडेर इतिहास निर्माण गरेका हौं । ०६४ सालपछि नयाँ जीवन चलाइरहेका छौं । तर ०६४ पछि नेपालमा सम्झौता भयो, केही परिवर्तन भयो तर नेपाली जनताले चाहेको जस्तो जीवन पाएन क्रान्ति अधुरो भयो ।’

यस्तै, उनले नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र राज्यको कल्पना गरिएको थियो त्यो पनि पूरा नभएको बताए ।

महासचिव विप्लवले भने, ‘नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र जनताको राज्यको कल्पना गरिएको थियो । त्यस्तो राज्य जनताको बन्न सकेन । नेपाली जनताको व्यवस्था, कानून बन्न सकेन । नेपालका युवाले देशमा आफ्नो भविष्य नदेख्ने अवस्था भयो । त्यसपछि नेकपा पार्टी बनेको हो । राज्य जनताको बनेन दलाल, भ्रष्टहरुको हातमा गयो । यो पार्टी बन्नु नै एउटा नयाँ क्रान्तिको सुरुवात हो ।’

नेपालमा भ्रष्टाचारको आतंक छाएको पनि उनको भनाइ थियो ।

Skip This
Skip This
Logo