संसदबाटै सरकारलाई गगन थापाको चेतावनी (भिडियोमा)

संसदबाटै सरकारलाई गगन थापाको चेतावनी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत काम विरुद्ध सडक र सदन संर्घष गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा सुधार लगायतका विषयमा आफुहरुले उठाएको मागलाई दुईतिहाईकोे दम्भ र अंहकारबाट मिच्ने काम गरेको भन्दै कांग्रेसले सरकारका गतल काम विरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएको हो ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले सरकारका गलत काम विरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने बताएका हुन् ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा सरकारले प्रतिपक्षी दलका नेतालाई छल्ने काम गरेको भन्दै उनले सरकारका हर गलत काम विरुद्ध कांग्रेस उभिने चेतावनी दिए । उनले चिकित्सा शिक्षा सुधारमा अवरोध पुर्याउन खोज्ने हरेक कदमलाई कांग्रेसले रोक्ने बताए ।

संविधानको सार्थक कार्यान्वयनको पक्षमा आफुहरु रहेको भन्दै उनले सरकारका काम कारवाहीले श्रृजना गरेको आक्रोशले उपलब्धिलाई ध्वस्त पार्ने खतरा औल्याए । सरकारका कामकारवाहीबाट जनताको आक्रोशित र निरास बनेको भन्दै उनले कांग्रेसले जनताको आक्रोशलाई सरकार सम्म पुर्याउने जिम्मेवारी पुरा गर्ने बताए ।

Logo