‘खेल क्षेत्र राष्ट्रको इज्जत हाे’ -पद्मा अर्याल

‘खेल क्षेत्र राष्ट्रको इज्जत हाे’ -पद्मा अर्याल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव पद्मा अर्यालले खेल क्षेत्र राष्ट्रको इज्जत भएको बताएकी छन्।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८१ का अवसरमा आज आयोजना गरेको ‘खेलकुदमा लैङ्गिक न्याय’ विषयक अन्तरक्रियामा उनले खेल क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताइन् ।

“महिला खेलाडीहरु आज युरोपको मैदानमा खेलिरहेका छन्, राष्ट्रका लागि यो गौरवको विषय हो”, सचिव अर्यालले भनिन‍्, “खेल क्षेत्रमा देखिएका समस्या सरकारले समाधान गर्न सक्छ, खेलाडीको बीमा, पुरस्कार र सम्मान कार्यक्रम सरकारले सुरु गरिसकेको छ ।”

महिला खेलाडीलाई आर्थिक र घर व्यवहार मिलाएर खेल खेल्न कठिनाई हुँदाहुँदै पनि व्यवसायिक दक्षता हासिल गरी राम्रो खेल प्रदर्शन गर्नु महत्वपूर्ण भएको उनको भनाइ छ । मुलुकको व्यवस्था परिर्वतनमा महिलाको अतुलनीय भूमिका रहेको उनले स्मरण गराइन् ।

Logo