बुढानिलकण्ठमा कांग्रेसको शीर्ष नेताहरूको बैठक, बीआरआई मुख्य एजेण्डा

बुढानिलकण्ठमा कांग्रेसको शीर्ष नेताहरूको बैठक, बीआरआई मुख्य एजेण्डा

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ ।

बैठकमा सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने मिति नजिकिएसँगै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, चिनियाँ परियोजना बीआरआईलगायतको विषयमा छलफल भएको बताइएको छ । हाल नेकपा एमाले र कांग्रेसबीच बीआरआईबारे मतभेद रहेको खबर बाहिरिएको छ ।

Logo