रवि लामिछानेसँग आजदेखि बयान लिइँदै

रवि लामिछानेसँग आजदेखि बयान लिइँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । पोखराबाट बिहीबार बेलुका काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आजदेखि बयान लिइँदै छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धानका लागि काठमाडौँ ल्याइएका लामिछानेसँग आजदेखि बयान लिने तयारी गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग आजैबाट बयान थाल्ने तयारी भइरहेको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा गत कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले यहाँ ल्याइएको हो।

Skip This
Skip This
Logo