काठमाडौं । नेपाल चिकित्सक संघले सोमबारदेखि रिले अनसन सुरु गर्ने भएको छ । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संघले रिले अनसन सुरु गर्ने घोषणा गरेको हो ।
आइतबार काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा भएको चिकित्सकहरुको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाका चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनसन गर्ने चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।
काठमाडौं उपत्यकाबाहिरका डाक्टरहरुले आफू कार्यरत अस्पतालमा वा संघको शाखा कार्यालयमा रिले अनसन बस्नेछन् । यसअघि चिकित्सक संघले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतका माग राखेर १८ दिनदेखि केसी १६ औं अनसनमा छन् ।





























प्रतिक्रिया