काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकोमा खुसीयाली बनाउन वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आग्रह गरेका छन् ।
डा. केसीको माग शतप्रतिशत सम्बोधन हुनेगरी सो विधेयक प्रतिनिधिसभाले पारित गरेको नेता भट्टराईको दावी छ । त्यस्तै पूर्व सभामुख सुवाष नेम्वाङले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदीय विधि र प्रक्रियाबाटै पारित भएको दावी गरे ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनु भएका नेम्वाङले विगतमा संसदीय अभ्यास र स्थापित परम्परा अनुसार पारित गरिएको सो विधेयकलाई विवादमा नल्याउन पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरे ।
विधेयक पारित भएपछि संचाकर्मीमाझ उनले प्रमुख प्रतिपक्ष कांग्रेससँग दुई दिनयता धेरै पटक गरिएको छलफलको आधारमा सभामुख कृष्णबहादुर महराले सो विधेयकलाई संसदमा निर्णयार्थ पेश गरेको दावी गरे ।





























प्रतिक्रिया